पहिरोमा आमाबुबा बेपत्ता, छोरा भागेर जोगिए
गोरखापत्र अनलाइन
श्रावण १३, २०७७ मंगलवार
दार्चुलाको दुहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । एक जना भाग्न सफल भएर ज्यान जोगाएका छन् ।
सोमबार राति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उहाँकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी पुरिएर बेपत्ता भएका हुन् ।