उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक
रासस
श्रावण ९, २०७७ शुक्रबार
भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर, चिया क्षेत्रका श्रमिक भने अझै सङ्गठित हुन सकेका छैनन् । अधिकांश श्रमिक सङ्गठित नहुनुको कारण आफ्नै उद्योग हो ।