logo
२०८१ मंसिर १३ बिहीवार



कास्कीमा छ सहित गण्डकीमा थपिए १२ सङ्क्रमित

प्रदेश |


कास्कीमा छ सहित गण्डकीमा थपिए १२ सङ्क्रमित


तारा चापागाईं दुवे
पोखरा, साउन ४ गते ।  गण्डकी प्रदेशमा आइतबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका छ र लमजुङका छ जनामा कोरोना पोजिटिभ देखिएको हो । ती सबै पुरुष रहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?