वीरेन्द्रनगर समाचारदाता
सुर्खेत, असार २८ गते । कर्णाली प्रदेशमा सात जना कोरोना सङ्क्रमित थपिएका छन् । शनिबार सुर्खेत, सल्यान, रुकुमपश्चिम र जुम्लाका सात जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाकाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण कार्यालय सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका तीन र सल्यानका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका दुुई जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिममा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । अहिलेसम्म कर्णाली प्रदेशमाा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५९५ पुगेको छ ।
यस्तै, प्रदेशमा कोरोनामुक्त हुनेको सङ्ख्या एक हजार ३६५ पुुगेको छ । शनिबार मात्रै १८ जनालाई डिस्चार्ज गरिएको हो । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ ।