logo
२०८१ फाल्गुन १६ शुक्रवार



गण्डकीमा थप २४ मा सङ्क्रमण, कुल १४४ पुग्यो

प्रदेश |


गण्डकीमा थप २४ मा सङ्क्रमण, कुल १४४ पुग्यो


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ २७ गते । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४४ पुगेको जनाएको छ । पछिल्लो पटक गण्डकी प्रदेशको नवलपरासी पूर्वमा १२ जना, बाग्लुङमा १२ जना र म्याग्दीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माकाका अनुसार नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुष, बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २१, २६ र २७ वर्षका पुरुष, बागलुङकै बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका पुरुष र म्याग्दीको बेनी नगरपालकाको क्वारेन्टाइनमा बसेका ४६ वर्षका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अहिले सङ्क्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू हुन् । केही हप्तादेखि भारतबाट नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढ्दैगएको छ । सङ्क्रमण पुष्टि भएको सबैलाई जिल्ला अस्पतालको आइसाेलेसनमा ल्याएर उपचार गर्ने प्रक्रिया सुरु गरिएको निर्देशनालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?