कर्णालीमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २३३ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ १९, २०७७ सोमबार
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय, सुर्खेतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कर्णालीका तीन जिल्लाका ३४ जनासहित सुदूरपश्चिम प्रदेशको एक जिल्लाका एक जना गरी थप ३५ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।