स्याङ्जाका पाँच सङ्क्रमित भारतबाट आएका थिए
गोरखापत्र अनलाइन
जेष्ठ २०, २०७७ मंगलवार
विश्वभर कोरोनाका भाइरसको महामारी फैदिरहँदा स्याङ्जामा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । चापाकोट नगरपालिका घर भई नगरपालिकाकै क्वारेन्टाइनमा बस्दैआएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना सङ्क्रमण भेटिएको हो ।
यस्तै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको हो । भारतबाट आएका पाँच जना सङ्क्रमण भेटिएसँगै स्याङ्जामा सङ्क्रमितको सङ्ख्या १२ पुगेको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले...