दीपक ज्ञवाली
बुटवल, जेठ १९ गते । कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक सोमबार भैरहवास्थित भीम अस्पातालबाट निको भएर २५ जना घर फर्किएका छन् ।
प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरू धेरैजसो कपिलवस्तुका हुनुहुन्छ ।
प्रदेश ५ मा योसँगै उपचारपछि घर फर्किनेहरूको सङ्ख्या ७१ पुगेको छ । यो प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५५० जना छ ।
यसअघि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप चार जना सङ्क्रमित आइतबार डिस्चार्ज हुनुभएको थियो । डिस्चार्ज भएकाहरू कपिलवस्तु र रुपन्देहीका हुनुहुन्छ । यसअघि पनि यही अस्पतालमा उपचार गरेका ११ जना सञ्चो भएर भर फर्किएका थिए ।