logo
२०८१ मंसिर १२ बुधवार



सीमामा रोकिएका १८३ भित्रिए १६० ल्याउन बाँकी

प्रदेश |


सीमामा रोकिएका १८३ भित्रिए १६० ल्याउन बाँकी


चाँदनी आचार्य

लम्की वैशाख २० गते । लकडाउनको समयमा नेपाल भारत सिमामा आएर रोकिएका कैलालीका १८३ नेपाली नेपाल भित्रियसँगै आ-आफ्ना स्थानीय तहको क्वारेन्टाइनमा बसेकाछन् । केही समय क्वारेन्टाईनमा बसेर स्वास्थ्य परीक्षण पछि उनीहरु घर जाने भएकाहुन् । ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दार्चुला र बैतडी नाकाबाट सिमामा अड्केका १८३ जना शुक्रबार साँझ सम्म जिल्ला भित्रिसकेको बताउदै भारतको पलियामा रोकिएका १६० नेपालीलाई पनि ल्याउने प्रयास भैरहेको बताउनुभयो ।

जिल्ला भित्रिए लगतै क्वारेन्टाइनमा बस्न थाले

भारतमा मजदुरीकालागि गएका र घर फर्कने क्रममा सीमामा महिना दिनबढी रोकिएका कामदारहरु जिल्ला भित्रिय संगैै क्वारेन्टाईनमा बस्नथालेका छन् । जिल्लाको सबैभन्दा बढी घोडाघोडी नगरपालिकाका ४६ जना मोहन्याल गाउँपालिकाका ४१ जना लगायत अन्य स्थानीयतहका कामदार सम्वन्धित क्वारेन्टाईनमा बस्नथालेका हुन् ।

घोडाघोडी नगरपालिका ९ का राम सिंह धामीले सीमामा अड्केको ३४ दिनपछि आफ्नो देश आउन पाउँदा ठुलै युद्ध जितेजस्तो भएको बताउनुभयो । उहाँले भारतको क्वारेन्टाइनमा बस्दा सामान्य स्वास्थ्य परिक्षण भएपनि कोरोना भाईरसको परीक्षण नभएको बताउँदै आफ्नो र परिवारको सुरक्षाकालागि आफूहरु क्वारेन्टाईन बस्न तयार भएको बताउनुभयो ।

घोडाघोडी ४ गैडाखेडाका गिता चौधरी पाँच महिना पहिले श्रीमानसँग भारतको पिथौरागढा मजदुरी गर्न जानुभएको थियो उहाँपनि कोरोनाको त्रास बढेसंगै नेपाल फर्कने क्रममा सिमामा रोकिनुभयो । गिताले भारतीय क्वारेन्टाईनमा बस्दाको अनुभव सुनाउदै भन्नुभयो ‘ त्याहाँपनि महिलालाई छुट्टै बस्ने व्यवस्था गरेको थियो खानपनि जेजस्तो भएपनि दिएकै थियो तर पनि भारतीय भूमीमा धेरैसमयसम्म बस्दा घरपरिवारको यादले सताईरहन्थ्यो जे जस्तो भएपनि आफ्नै देशमा पुग्नपाए हुन्थ्यो भन्ने लाग्दथ्यो ।’

तीनसय पचास जनालाई एउटै विधालय भवनमा राखेको बताउने गिताले महिला ९ जना मात्र रहेको बताउनुभयो । उहाँले भारतीय सुरक्षाकर्मिले साँझ विहान योगा गराउनुका साथै घाममा बसेपछि कोरोना लाग्दैन भन्दै घाममा बस्नलगाउने गरेको अनुभव सुनाउनुभयो । उहाँले महिनावारी हुदा समेत आफूलाई महिला सुरक्षाकर्मिले प्याड लगायतका सामाग्री दिएर सहयोग गरेको समेत बताउनुभयो । सिमामा महिना विताउने घोडाघोडी नगरपालिका १३ बर्षका बालक देखि ७५ बर्षका बृद्धवृद्धा समेत रहेकाछन् ।

उनीहरु सिमामा एकमहिनासम्म क्वारेन्टाइनमा बस्दा धेरै अनुभव लिएकाछन् । घोडाघोडी नगरपालिका ८ आमफाँटा मुक्तकमैया सिविरका १४ बर्षिय सञ्जय चौधरी कक्षा ७ पढ्दा पढ्दै पढाई छोडेर बुवासंगै भारतको पिथौरागढ मजदुरीगर्न गए तर लकडाउनसंग घर फर्केका उनीहरुसमेत सिमामा एकमहिना विताएर शुक्रबार साँझ क्वारेन्टाईन पुगे । गाउँघरमा साथीभाईसंग खेल्ने रमाउनेगरेका सञ्जयलाई एकमहिना क्वारेन्टाईनबस्दा जेलभन्दा कम भएन ।

सञ्जय भन्नुहुन्छ ‘अर्काको देशमा जे भन्यो त्यो मान्नुपर्छ नत्र पुलीसको दण्डा खाइहालिन्थ्यो ,खानापनि मिठो हुन्थेन खाली दाल र भात मात्र दिन्थ्यो , भोकलागेको बेला खान पाइन्थेन । ’ घोडाघोडी र मोहन्याल गाउँपालिकाका ७५ जनालाई पिथौरागढको ओखलढुंगा भन्ने ठाउँमा खरी खन्न र माटो बोक्नकालागि स्थानीय काशीराम घर्तिले नेपालीकामदार लगेको उनीहरुले बताए । चार महिना काम गरेका उनीहरुले कामगरेको पैसासमेत नलिई फर्केकाछन् । काशीराम घर्तिमार्फत कामगरेको पैसा पठाइदिने सर्तमा उनीहरु नेपाल फर्केका थिए ।

भारतीय सिमामा एकमहिना बढी बिताएका उनीहरुलाई क्वारेन्टाइनमा धेरै बस्न नपरेहुन्थ्यो भन्ने लागेको छ । वडा नम्बर ८ का कालुराम चौधरीले आफ्नो पाँच कट्ठामात्र जग्गा भएको बताउदै छिटो घर जानपाए अधियाँ जग्गा खेतजोत गर्नुको साथै बर्खे खेतीको जोहो गर्ने बताउनुभयो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले मजदुरीकालागि भारत गएका र सिमामा रोकिएका नगरका सबैजना क्वारेन्टाईनमा आएको बताउनुभयो । उहाँले परिक्षणका लागि किट नभएकाले किट आउदा वित्तिकै उनीहरुको र्यापिड परिक्षण गरि घर पठाउने समेत जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?