logo
२०८१ फाल्गुन ११ आईतवार

  दमक संक्रमितको सम्पर्क खोज  



दोस्रो पटकको परीक्षण रिपोर्ट पनि नेगेटिभ, स्थानीय ढुक्क

प्रदेश |


दोस्रो पटकको परीक्षण रिपोर्ट पनि नेगेटिभ, स्थानीय ढुक्क


विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २० गते । झापाको दमक वडा नं. ३ मा कोरोना संक्रमण पुष्टि भएका ब्याक्तिमा दिनहु सम्पर्कमा आएकाहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण पनि नेगेटिभ आएको छ । एकसाता अघि भेटिएका संक्रमितको आसपासको क्षेत्र सिल गरेर ५७ स्वाब संकलन गरी परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार संक्रमित ब्याक्तिका घर तथा नजिक रहेका अरु ब्याक्तिहरु दोश्रो पटक पुन ५ दिनपछि स्वाब परीक्षण गर्दा पनि नेगेटिभ रिर्पोट आएको हो । अब चाहि परिवारका सदस्य सहित अरुमा अहिलेसम्म कोरोना संक्रमण नभएको थप पुष्टि भएको छ, उहाँले भन्नुभयो ।
यसभन्दा अघि धरानस्थित विपि कोइराला बिज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण भएकोमा यो पटक विराटनगरस्थित प्रोदेशिक प्रयोगशालामा परीक्षण भएको पनि जनाईएको छ । दमकस्थित लाइफलाइन अस्पतालबाट एक ब्याक्तिको स्वाब परीक्षणका लागि धरान पठाईएकोमा त्यो परीक्षण रिर्पोट भने आँउन बाँकी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?