logo
२०८१ मंसिर ८ शनिवार



युक्रेन छाडेका नेपाली अन्य देशमै बस्न थाले, बेलारुसको जंगलमा ११ जना अलपत्र

विदेश |
पढ्नै पर्ने |


युक्रेन छाडेका नेपाली अन्य देशमै बस्न थाले, बेलारुसको जंगलमा ११ जना अलपत्र



काठमाडौं,फागुन २९ गते । रुस–युक्रेनबीच जारी युद्धका कारण दुवै देशम रहेका नेपालीले देश छाडेर अन्य देशमा गए बस्न लागेका । युक्रेनम रहेका अधिकांश नेपालीले युक्रेन छाडेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीका अनुसार युक्रेनमा रहेका करिब ६०० जना नेपालीमध्ये ५८० जना नेपालीले युक्रेन छाडेका छन् ।
युक्रेनमा रहेका करिब १०० बढी स्थायी बसोबास भएका नेपालीले भने अझै युक्रेन नछाडेको उहाँले बताउनुभयो । सिबाकोटीका अनुसार युक्रेनले आफ्ना नागरिकलाई देश छोड्न नदिएका कारण उनिहरुले युक्रेन छाड्न नसकेका हुन । युक्रेनमा रहेका ती नेपाली आफूहरुको सम्पर्कमा आए पनि उनिहरुलाई उद्दार गर्नको लागि समस्या भइरहेको उहाँको भनाइ छ ।
युक्रेन छोडेका अधिकांश नेपाली अन्य देशमै बसे
जारी द्वन्द्वका कारण युक्रेनमा रहेका अधिकांश नेपालीले उद्दारका लागि सरकारलाई आह्वान गरेका थिए । युक्रेनमा नेपालको दूतावास नरहेकाले त्यहाँ रहेका नेपालीलाई सिमाका देशमा रहेको राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको थियो । फलस्वरुप उनीहरु नजिकका देशमा रहेका नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए )का प्रतिनिधिसँग सम्पर्क गरी युक्रेनको सीमा पार गरि अन्य देश छिरे ।तर,हाल रुस–युक्रेन द्वन्द्व पीडित नेपाली दुतावासको सम्पर्कमा आउन छाडेका छन् । केही बिचौलीयाले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई रसिया–बेलारुस युक्रेन हुँदै पश्चिमी युरोप भित्राउन सकृय हुनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको जर्मनका लािग नेपाली राजदूत रामकाजी खड्काले बताउनुभयो ।
युक्रेन छाडेका धेरै नेपालीहरुलाई नेपाल फर्काउन कोसिस गरिएको भए पनि अन्य देश छिरे पछि सम्पर्कमा आउन नचाहेको खड्काले बताउनुभयो । उहाँका अनुसार युक्रेनमा रहेका ८० प्रतिशत नेपालीहरुले युक्रेनलाई ट्रान्जिट प्वाइन्ट रुपमामा रोजेको देखिएको छ । ‘उनीहरुलाई बाहिर निस्कनका लागि यो समय उपयुक्त हो । धेरै नेपाली युक्रेनमा आएर छ महिनापछि पश्चिमी युरोपमा छिर्ने सोच बनाएर आएका हुन्छन् । उनिहरुका लागि यो समय अझ उपयुक्त बन्यो । यसकारण पनि अहिले धेरै नेपालीहरु युक्रेन छाडेर अन्य देश गएपछि हाम्रो सम्पर्कमा आएका छैनन्,’उहाँले भन्नुभयो ।
युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जना भारतीय सरकारको सहयोगमा उद्धारमार्फत नेपाल आएका छन् । भारतले दुई जना हंगेरी, एक जना रोमानिया र एक जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेको हो । नेपाल फर्किएका १० जनामध्ये बाँकी छ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।
युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपाली आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।
लिथुआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र
रुसबाट हिँडेका ११ जना नेपाली लिथुआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले उद्धारको लागि पहल गरिदिन आग्रह गरेको (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीले बताउनुभयो । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुवास कुँवरले ह्ववाट्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेको सिवाकोटी बताउनुहुन्छ । तर त्यसपछि भने उनिहरु सम्पर्कमा नरहेको उहाँले सुनाउनुभयो । सुवास कुँवर नामको व्यक्तिले फोन गरेर आफूहरु अलपत्र भएको सुनाउनुभयो । ‘आर्मीको कब्जामा रहेको र निस्केपछि फोन गर्छौ भनेर म्यासेज आयो’ उहाँले भन्नुभयो पासपोर्ट र लोकेसन पठाउन आग्रह गरेँ तर उताबाट पठाउनुभएन । त्यसकारण ती नेपाली युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिँडेको हुने सक्ने उहाँको आशंका छ । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले आफूहरुको क्षेत्र बेलारुस र लिथुयानिया नभएकाले मस्कोमा रहेको राजदूतावासले चासो देखाउनुपर्ने बताउनुभयो । तर,यस विषयमा आफूले जानकारी पाएलगत्तै मानवीय संवेदनसिलता कारणले उनिहरुलाई उद्दार गर्ने प्रयास गरिएपनि उनिहरुसँग सम्पर्क नभएको बताउनुभएको छ । उनीहरु विचौलिया मार्फत नै अन्य मुलुक छिर्न खोज्दा समस्यामा परेको हुनसक्ने आशंका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?