logo
२०८० चैत्र १६ शुक्रवार



अन्तर प्रदेशीय सवारी भाडादर बढाउन सैद्धान्तिक सहमति, नयाँ भाडादर आइतबार सार्वजनिक गरिने

पढ्नै पर्ने |
राष्ट्रिय |


अन्तर प्रदेशीय सवारी भाडादर बढाउन सैद्धान्तिक  सहमति, नयाँ भाडादर आइतबार सार्वजनिक गरिने


काठमाडौं, चैत १७ गते । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामाेदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ ।
पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएकाे यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो । याे भाडादर छाेटाे दुरी वा उपत्यकामा चल्ने यातायातका साधनका लागि भने नभएकाे उहाँले बताउनुभयाे । 

सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्वीकृत गर्नुभएको हो ।
मन्त्रालयले उक्त कार्यविधि स्विकृत गरेर यातायात व्यवस्था विभागलाई पठाइसकेकाले उक्त कार्यविधि अनुसार भाडादर निर्धारण गर्ने काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो उहाँका अनुसार स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको भाडा पनि घटबढ हुने छ । पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा कम तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन ।
‘पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा माथि बढ्यो भने त्यसैका आधारमा सार्वजनिक यातायातका साधनको भाडादर पनि बढ्छ । घट्यो भने पनि घटेको प्रतिशतका आधारमा नै सार्वजनिक यातायातका साधनको भाडादर घट्छ,’ उहाँले भन्नुभयो ।
महानिर्देशक घिमिरेका अनुसार अहिले पेट्रोलियम पदार्थको मुल्य बढेको हुनाले त्यसैका आधारमा यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रमा रुटअनुसार कम्तिमा १० देखि १४ प्रतिशतसम्मले भाडा बढ्नेछ । तर, विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर भने आइतबार प्रकाशित गर्ने महानिर्देशक घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?