आईपीएलको आगामी संस्करण चैत्त २७ गतेदेखि हुने
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७७ आईतवार
इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करण चैत्त २७ गतेदेखि हुने भएको छ । प्रिमियर लिगका खेल भारतका प्रमुख शहर अहमदाबाद, बेंगलुरु, चेन्नई, देल्ही, मुम्बई र कलकत्तामा हुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआइ)ले प्रिमियर लिगको आगामी संस्करण चैत्त २७ गते चेन्नईबाट सुरु हुने जनाएको छ । उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लौरबीच स्पर्धा हुनेछ । जेठ १७ गते प्रिमियर लिगको आगामी संस्करणको उपाधिको...