नेपाली तेक्वान्दोमा सोचेजस्ताे स्तर वृद्धि भएन
गोरखापत्र अनलाइन
मंसिर ४, २०७८ शनिबार
हाम्रो देशमा लाखौँ युवा प्रतिवर्ष उच्च अध्ययन र आकर्षक रोजगारीको चाहनामा अमेरिका, बेलायत, अस्ट्रेलिया, खाडी देशलगायत विभिन्न देशमा स्थानान्तर भएका छन् । आफन्तजनबाट वर्षौँ टाढा बस्नु परे पनि आकर्षक तलब र उच्च जीवनस्तरको चाहनामा नेपाली आफनो देश छाड्छन् । यसरी विदेशिनेमा साधारण जनतामात्र होइन, उचित मानसम्मान पाउने खेलाडी पनि कयौँ छन् ।