बन्द प्रशिक्षणबाट दश जना खेलाडी बाहिरिए
गोरखापत्र अनलाइन
भाद्र १, २०७८ मंगलवार
राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या छोट्याउनुभएको छ । पछिल्लो पटक दश जना खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार बन्द प्रशिक्षणमा अब भने २८ जना खेलाडी मात्रै छन् । विशाल सुनार, रन्दीप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिब लोप्चन, सञ्जोग राई, त्रिदेव गुरुङ, रजिन धिमाल, शेषेहाङ्ग आङ्गदम्बे र बिक्रम लामा प्रशिक्षणबाट...