सहयोगापेक्षी सडक मानव मुक्त देश घोषणाकोे तयारी
चाँदनी हमाल
पुष २३, २०७७ बिहीबार
दुई साताअघि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ । अब चाँडै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी थालिएको छ ।
पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यले संयुक्त रूपमा उद्धार सुरुआतको घोषणा गर्नुभएको थियो । सोही रात मानव सेवा आश्रमको ३५ जनाको टोली देशव्यापी उद्धार अभियानमा...