जोगिएर सहरको सरसफाइ
चाँदनी हमाल
कार्तिक १६, २०७७ आईतवार
राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्नुहुन्छ । “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उहाँले भन्नुभयो । बन्दाबन्दीपछि उहाँ पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउनुहुन्छ ।
यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ ।...