स्वदेशमै परीक्षण र उपचार सम्भव
सरोज ढुङ्गेल
फाल्गुन २७, २०७७ बिहीबार
नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहँु बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको...