कर्मचारीमा कोरोना देखिएपछि काठमाडौं जिल्ला प्रशासनबाट अत्यावश्यक बाहेकका सेवा बन्द
मुकुन्द गैरे
आश्विन २७, २०७७ मंगलवार
जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको बताएको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अर्को सूचना नआए सम्मको लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको छलफल पछि, नयाँ नेपाली नागरिकता वितरण,...