नौ वर्षमा साढे छ हजार डढेलो, यो वर्ष अत्यधिक, अझै डेढ महिना रहने
मुकुन्द गैरे
चैत्र २४, २०७७ मंगलवार
काठमाडौं, चैत्र २४ गते । नेपालमा नौ वर्षको अवधिमा सबैभन्दा बढी यो वर्ष धेरै डढेलोका घटना भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा वि.सं. २०६९ कार्तिकदेखि २०७७ चैत्रसम्म छ हजार ४१५ डढेलोका घटना भएका छन् ।
प्राधिकरणका अनुसार २०६९ सालमा ४० जिल्ला प्रभावित भएर ३७९ घटना भएकोमा २०७७ साल कार्तिकदेखि चैत्रसम्म छ महिनाको अवधिमा दुईहजार ७१३ घटना भएका छन् । सो अवधिमा...