बजार चलायमान हुँदै, व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ
मुकुन्द गैरे
आश्विन ४, २०७७ आईतवार
अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् । नेपालमा छिमेही चीन र भारतसहित बंगलादेश, इटाली, थाइल्याण्ड, अमेरिका, पाकिस्तान, इन्डोनेसिया, भियतनाम, ओमन, जापान, कोरिया, ताइवानलगायतका...