सङ्क्रमित कर्मचारीलाई बिदा,घरमै बसे १४ दिन, हस्पिटलमा अवधिभर
मुकुन्द गैरे
मंसिर २३, २०७७ मंगलवार
कोरोना सङ्क्रमित कर्मचारीले कोरोना विदा पाउने भएका छन् । मन्त्रिपरिषद्ले यही मङ्सिर १० गते उक्त निर्णय गरी कार्यान्वयनको लागि मातहतका सबै निकायमा परिपत्र समेत पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिनको विदा, हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई हस्पिटलमा उपचार...