logo
२०८१ बैशाख २३ आईतवार

  ग्लास्गो शहरमा युवाको प्रदर्शन बढ्दै  



धनी मुलुकका युवाले गरिव मुलुकको एजेण्डा उठाए

राष्ट्रिय |


धनी मुलुकका युवाले गरिव मुलुकको एजेण्डा उठाए



ग्लास्गो, स्कटल्याण्ड, कात्तिक २१ गते । ग्लास्गो विज्ञान हलभित्र जलवायु सम्बन्धी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) का बिभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला बाहिर सडक भने युवा, नागरिक समाज तथा संरक्षण अभियान्ताहरूको -याली, जुलुस तथा बिरोधका कार्यक्रमले तात्न थालेको छ ।
ग्लाग्सो शहरका सडकमा हिजो आज हरेक दिन जसो युवाको भीड लागेको देखिन्छ भने विकसित मुलुकको हेलचक्रयाईका बिरुद्ध नाराबाजीका दृश्य देखिन थालेका छन् ।
अघिल्लो हप्ता ग्लास्गो शहरमा विश्वभरीका नेताहरु भेला भएर आआफ्नो मुलुकको प्रतिवद्दता र एजेण्डाले तताइरहेको थिए । वल्र्ड लिडर समिटमा आप्mना भनाई राखेर विश्वका नेताहरु बाहिरिएसँगै तिनै मुलुकका युवा तथा नागरिक समाजका व्यक्तिहरु सडका उत्रिएका छन् ।
¥यालीमा विशेष गरी युरोप र अमेरिकी युवा तथा नागरिक समाज, वातावरण संरक्षण अभियन्ताको बाक्लो उपस्थिति देखिन्छ । एसियाली तथा अफ्रिकी मुलुकका युवाका खासै उपस्थिति छैन तर पनि जलवायु परिवर्तनको असर बढी परिरहेको एसियाली तथा अफ्रिकी मुलुकका बारेमा विकसित मुलुकका पक्षमा यहाँ युवाले आवाज उठाइरहेका छन् ।
जलवायु परिवर्तन सम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौतालाई विकसित मुलुकले अक्षरस पालना र कार्यान्वयन गर्नु पर्ने माग युवाले प्रदर्शनमा राखेका छन् ।
प्रर्दशनमा युवाले भनेका छन्, विकसित मुलुकहरु आफ्नो दादागिरी चलाउन अन्य सामान्य गरिव मुलुकका नागरिकको जीवनमा खेलबाड गरिरहेका छन् । यो काम अब रोक्नुपर्छ ।
विशुद्ध सचेतना र दवावमुलक कार्यक्रमका रुपमा सञ्चालन भइरहेका यी कार्यक्रममा स्कटल्याण्डका ससाना बालबालिकाहरु पनि सहभागिता रहेको छ ।
दवाव दिन ¥याली र प्रदर्शन
नेपालका तर्फबाट कोपमा भाग लिन ग्लास्गो आइपुग्नु भएका जलवायु परिवर्तन विज्ञ डा. विमल रेग्मीले भन्नुभयो, यो स्वभाविक हो । पेरिस सम्झौता कार्यान्वयन गर्न विकसित मुलुकको उदासिनतालाई दवाव दिन यस्ता ¥याली, प्रदर्शन आवश्यक छन् ।
अझै पनि विकसित मुलुक साना झिना मसिना कुरामा अल्झिरहेका छन् । पेरिस सम्झौता कार्यान्वयन गर्न कार्ययोजना तयार गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यस्तै हो भने जलवायु परिवर्तनको असरले गर्दा भावी पुस्ताले निकै ठूलो नोक्सानी व्यहोर्नु पर्ने स्पष्ट सङ्केत देखा परिरहेको छ ।
लामो समयदेखि कोपमा भाग लिदै आउनु भएका अर्का जलवायु परिवर्तन विज्ञ राजु पण्डित क्षेत्रीको भनाई पनि उस्तै छ । उहाँले भन्नुभयो, दुई दिन अघि विश्वका नेताहरुले एक किसिमका प्रतिवद्धता व्यक्त गरेर गए, आज त्यही मुलुकका सरकारी अधिकारी तथा एजेन्सीहरुले पेरिस सम्झौता कार्यान्वयन गर्नमा आनाकानी गरिरहेका छन् । नेपाल जस्ता जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परेका मुलुकका लागि यो दुर्भाग्य नै हो । त्यसैले कार्यक्रम स्थल भित्र र बाहिर दुबै तर्फबाट दवाव दिन जरुरीछ ।
ग्लास्गो शहरका ¥यालीमा नेपाली युवा, अभियन्ता तथा नागरिक समाजका व्यक्तिको सहभागिता रहँदै आएको छ । नेपालबाट दुई दर्जन जति युवा, अभियन्ता, विद्यार्थी ती प्रदर्शनमा सहभागी भइरहेका छन् ।
युवा तथा जलवायु परिवर्तन विषय विश्लेषक राजन थापाको भनाई कोपको कार्यक्रम भित्र विकसित मुलुकलाई दिइएको दवाव कम हुने आँकलन गरेर कार्यक्रम बाहिर सडकमा पनि प्रदर्शन हुन थालेको बताउनुहुन्छ ।
प्रदर्शनमा कुनै राजनीतिक नारा छैनन् तर विकसित मुलुकले देखाएको उदासिनताको बिरोधमा नारा घन्किएका छन् । प्रर्दशनमा दुधे बालक बोकेर आमाहरु पनि आएका छन् । ग्लास्गो शहरको चिसो अनि पानी परिरहेका अवस्थामा पनि ससना बालबच्चा सहित आमाहरुको प्रर्दशन निकै अचम्म लाग्दो देखिन्छन् ।
प्रर्दशनमा भाग लिने पोल्याण्डकी आमा क्रिष्टिनाले भन्नुभयो, यो काखमा च्यापेर ल्याएको बच्चाको भविष्य अशान्त र नराम्रो नहो भनेर म यो प्रदर्शनमा सहभागि भएकी हुँ । मलाई अहिलेको चिसो र पानी भन्दा भविष्यमा हुन सक्ने आँधी बेहरी, बाढी, पहिरो र तापक्रम वृद्धिले हुने समस्या प्रति बढी चिन्तित तुल्याएको छ ।
विश्लेषक थापाका अनुसार कार्वन उत्सर्जन घटाउने कामका लागि विकसित मुलुकको ठोस कार्यक्रम र प्रतिवद्धता नआउँदा संसारभरीबाट आएका मानिसहरु विरोध प्रदर्शनमा सहभागी हुन थालेका छन् । विरोध प्रदर्शनमा सहभागी हुनेको संख्या अघिल्ला दिनमा भन्दा पछिल्ला दिनमा वृद्धि भइरहेको छ ।
स्कटल्याण्डमा वातावरण निकै चिसो हुँदै गएको छ । रातदिन पानी पर्ने र घाम झुल्किनेको एकिन गर्न नसकिने स्थितिमा वृद्धावृद्धा समेत प्रदर्शनमा सहभागी हुन थालेका छन् । दैनिक हुने प्रर्दशनले कोपका हलभित्र भाग लिइरहेका विकसित मुलुकका प्रतिनिधिहरुलाई दवाव सिर्जना भइरहने विश्वास गर्न थालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?