पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु
रासस / सिन्ह्वा
फाल्गुन १८, २०७८ बुधबार
पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।