मन्त्रालयबीच समन्वय अभाव, किसानको राहत अन्योलमा
सुरेशकुमार यादव
माघ २०, २०७८ बिहीबार
गृह मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समन्वय अभावका कारण बाढीपहिरोपीडित किसानले अझै राहत पाएको छैनन् । असोजको अन्तिम साता आएको बेमौसमी वर्षाका कारण धानमा सबैभन्दा ठूलो क्षति भएको थियो । कृषि मन्त्रालयको क्षतिको विवरण सङ्कलन गरी त्यसको आधारमा किसानलाई राहत दिने भनी मन्त्रिपरिषद्बाट निर्णय पनि गरेको थियो तर पाँच महिना बित्दा पनि किसानले राहत पाएका छैनन् । मन्त्रिपरिषद्ले किसानलाई राहत वितरण गर्ने...