थप पाँच देशबाट मल ल्याउन पहल
सुरेशकुमार यादव
श्रावण २०, २०७८ बुधबार
बङ्गलादेशबाट सरकार–सरकार (जीटुजी) सम्झौताका आधारमा रासायनिक मल ल्याउन सफल भएपछि सरकारले अन्य थप पाँच देशबाट त्यही प्रक्रियाबाट मल ल्याउने पहल सुरु
गरेको छ ।
त्यस क्रममा भारतबाट जीटुजीबाट मल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयले जनाएको छ । त्यससँगै चीन, बङ्गलादेश, ओमन, मोराकोलाई पनि मल खरिदका लागि सरकारी स्तरमा पत्र पठाइएको छ । एक साताअघि मात्र परराष्ट्रमार्फत पत्र पठाइएको र ती देशहरूबाट कुनै प्रतिक्रिया...