'क्यान्सरको डरले मर्छु भन्ने थियो, जिमले फेरियो मेरो जीवन'
सनम महर्जन
माघ ९, २०७८ आइतवार
‘झट्ट हेर्दा केटा मान्छे जस्तै देखिने, केटा हो कि केटी,’ सुरुमा जो कोहीसँग भेट हुँदा रजनी श्रेष्ठलाई सोधिने प्रश्न हो । ‘छ्या कति नराम्रो जिउ, लुगा लगाएको पनि कति नसुहाएको,’ धेरैले रजनीलाई देख्ने बित्तिकै भन्थे । यी शब्दले रजनीको मन दुख्थ्यो । सुरुसुरुमा प्रतिक्रिया जनाए पनि विस्तारै यस्ता शब्दको वेवास्था गर्न थाल्नुभयो रजनीले ।