भारतको देशव्यापी लक डाउन लम्बिन सक्छ – भारतीय मुख्यमन्त्री रावत
रासस / एनआई
चैत्र २८, २०७६ शुक्रबार
भारतमा लगाइएको देशव्यापी २१ दिने लक डाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताउनुभएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताउनुभएको हो ।
“भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भन्नुभयो...