नैतिक भाव र यथार्थ
गोरखापत्र अनलाइन
चैत्र ३, २०७७ मंगलवार
कानुनी बन्देजविना आफूलाई आफैँले बाँध्ने तथा सत्कर्मतर्फ उन्मुख हुन प्रेरित गर्ने नैतिकताले समाजका हरेक सदस्यलाई असल नीति, नियम, पद्धति र व्यवहारको अनुसरण गर्न अभिप्रेरित गर्छ । नैतिकताले व्यक्तिलाई कुन कुरा वा व्यवहार ठीक वा बेठीक, के असल वा खराब भन्ने कुराको बोध गराई निजमा निहित सदाचारिताको गुणलाई व्यावहारिकतामा रूपान्तरण गर्ने गर्छ ।
हुन त नैतिकताका व्यक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक, संस्थागत, पेसागत वा...