सुनिश्चित भविष्यको खोजीमा मिलेनियल्स
गोरखापत्र अनलाइन
बैशाख २०, २०७८ सोमबार
शताब्दीका पुस्ताहरू (मिलेनियल्स) निर्भिक, पौरखी र स्वाभिमानी छन् । अघिल्लोको तुलनामा दुःख, कष्ट र धेरैखाले तनाव व्यहोरेकोले पनि यो पुस्ता आफ्नैपन र पौरखमा बाँच्न चाहन्छ । अरूको चियोचर्चो गर्ने र त्यत्तिकै समय खेर फाल्ने सोच र फुर्सद योसँग छैन । शिक्षा र सीपमा रमाउने, परिश्रम गर्ने र निरन्तर आफ्ना लागि खट्ने, आफ्नै लागि गर्ने प्रवृत्ति पुस्ताका चोखे लाग्ने विशेषता हुन् । केवल थोरै प्रोत्साहन र वातावरणले धेरै उत्साही...