सहकारी सदस्यता व्यवस्थापन र सुशासन
गोरखापत्र अनलाइन
पुष ६, २०७७ सोमबार
सहकारी सदस्य केन्द्रित सामुदायिक व्यवसाय हो । सदस्यहरूको सक्रियता, समर्पण, व्यावसायिकता र सदाचारमा नै सहकारी आफ्नो व्यवसाय बन्दछ । नेपालको संविधान जारी भइसकेपछि सहकारी सम्बन्धी कानुनलाई एकीकरण र व्यवस्थित गर्न तर्जुमा गरिएको ऐन, जसलाई सहकारी ऐन, २०७४ भनिन्छ, ले गरेका खास प्रावधानमध्ये सदस्यता सम्बन्धी प्रावधान पनि एक हो । ऐनको दफा ३० अनुसार १६ वर्ष पूरा भएको, संस्थाको कार्यक्षेत्रभित्र बसोबास गरिरहेका नेपाली नागरिक...