सङ्घीयता र अन्तरसरकारी समन्वय
गोरखापत्र अनलाइन
पुष २१, २०७८ बुधबार
धेरै शासकीय तहले राज्य सञ्चालनलाई वैध, सहभागितामुखी र समावेशी बनाउँछ भन्ने अपेक्षाका साथ लोकतान्त्रिक मुलुकले सङ्घीय शासन पद्धति अपनाएका छन् । सङ्घीयता अभ्यास गर्ने मुलुकहरूमा धेरै असमानताबीच केही आधारभूत कुरामा समानता पाइन्छ, जसलाई सङ्घीयताका विशेष गुण भन्न सकिन्छ । जस्तो कि एकभन्दा बढी शासकीय तह वा सरकार, संविधानले नै शासकीय तहहरूलाई कार्यकारी, विधायिकी र वित्तीय अधिकार निक्षेपण, तल्ला शासकीय तहहरूबाट संसद्को...