एसिया प्रशान्त क्षेत्रको व्यापार सम्झौता
गोरखापत्र अनलाइन
असार २८, २०७८ सोमबार
अमेरिकाको राष्ट्रपतिमा जोय बाइडेनको जितसँगै विश्वमा बहुपक्षीय व्यापार सम्झौताहरू कार्यान्वयनमा आउने र भूमण्डलीकरण र उदार अर्थनीतिले थप प्रोत्साहन पाउने आशा जागेको बेलामा दक्षिण पूर्वी एसियाका दश देश र अन्य पाँच देशहरू (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्याण्ड र चीन) समावेश भएको एउटा क्षेत्रीय व्यापार सम्झौता गत वर्षको नोभेम्बर महिनाको दोस्रो हप्तामा सम्पन्न भयो ।