अभ्यास, अभ्यस्त र सुरक्षित
गोरखापत्र अनलाइन
बैशाख २३, २०७८ बिहीबार
चार दशक अगाडिसम्म अर्वुद रोग लागेको सुन्दाबित्तिकै मान्छे हायल–कायल हुन्थे । क्षय, हैजा, औलो, विफर र कुष्ठरोग लागेको सुन्दा पनि डराउन पथ्र्यो, पसिना छुट्थ्यो र होश–हवास उड्थ्यो । तीन दशक अगाडिसम्म एचआईभी पोजेटिभ भएको भन्दा पनि सिङ्गै गाउँ–सहर सतर्क हुन्थ्यो, थर्कमान बन्थ्यो । दुई दशक अगाडिसम्म मधुमेह, मुटु, मिर्गौला र उच्च रक्तचापजस्ता नसर्ने रोगी फेलापर्दा असहज महसुस हुन्थ्यो । एक दशक अघिसम्म थाइराइडका रोगी...