बाढी, पहिरो र डुबानको व्यथा
निर्मलकुमार आचार्य
असार २५, २०७८ शुक्रबार
बर्खामा बाढी, पहिरो, डुबान र कटानको समस्या कुनै नौलो होइन । पहाडलाई बाढी, पहिरो र तराईलाई डुबान तथा कटानले बर्सेनि बढाइरहेको व्यथा न्यूनीकरण गर्नेतर्फ चाहिँदो सक्रियता नदेखिनुचाहिँ थप पीडादायी विषय बनेको छ । यसपालि बर्खाको थालनीमै मेलम्ची तथा इन्द्रावती नदीमा उर्लिएको बाढीले मेलम्ची, हेलम्बु आदि क्षेत्रमा मच्चाएको विनाशको कहर अझै साम्य हुने लक्षण छैन भने मस्र्याङ्दी, नारायणी, सप्तकोसी, राप्ती, महाकालीलगायत मुलुकका...