logo
२०८१ बैशाख २६ बुधवार



पर्यटन प्रवद्र्धनका लागि ‘गे्रटवाल’

विचार/दृष्टिकोण |




निर्मलकुमार आचार्य

अहिले ‘ग्रेटवाल’ (विशाल पर्खाल) ध्यानाकर्षणको विषय बनेको छ । यो ‘गे्रटवाल’ चीनको ‘गे्रटवाल’ चाहिँ होइन, नेपालमै निर्माणाधीन ‘गे्रटवाल’ र ‘मिनी गे्रटवाल’ हुन् ।
आन्तरिक तथा बाह्य पर्यटक उर्लाउने उद्देश्यले विभिन्न स्थानमा निर्माण भइरहेका ‘गे्रटवाल’ चिनियाँ ‘गे्रटवाल’ कै प्रभावजन्य उपज हुन् ।
विश्वप्रसिद्ध चिनिया ‘गे्रटवाल’ दुनियाँकै सात आश्चर्यमध्ये एक पर्छ । मानवनिर्मित अद्भूत संरचनाका कारण यसको कीर्तिपताका सदा फर्फराइरहेको छ । ईशापूर्व पाँचौंदेखि सोह्रौँ शताब्दीबीचमा ‘गे्रटवाल’ को निर्माण कार्य सम्पन्न भएको आँकलन गरिएको छ । राज्यको सुरक्षाका लागि माटो र ढुङ्गाबाट निर्माण गरिएको गढीतुल्य ‘गे्रटवाल’ अनेक विशेषतायुक्त छ । निर्माण कार्यमै दुई हजार वर्ष व्यतित हुनु सामान्य कुरो होइन । भनिन्छ, यस कार्यमा ३० लाख जति मानिसको श्रम पोखिएको छ र लाखौँ शहीद भएका छन् । खण्ड, खण्डमा रहेको ‘गे्रटवाल’ को समग्र लम्बाइ आठ हजार ५१ किलोमिटर छ भने चौडाइ पाँच घोडसैनिक वा १० पैदल सैनिक एकसाथ हिँड्नसक्ने उल्लेख पाइन्छ र उचाइ चाहिँ कतै नौ त कतै ३५ फिटसम्म छ ।
चीनका पूर्व सम्राट खिन शी हुयांगको विशाल पर्खाल बनाउने मनसुबालाई उनीपछिका अनेक सम्राट तथा राजाहरूले अनुसरण गरेकै कारण अद्भूत संरचनाको निर्माण कार्य सम्भव भएको हो । राजनीतिक आग्रह तथा पूर्वाग्रहका कारण विगतका राम्रा कामलाई समेत बेवास्ता गर्ने आजको संसारलाई ‘गे्रटवाल’ ले गहिरो सन्देश दिएको छ ।
विश्वकै धरोहरका रूपमा यो विशाल पर्खाल रहेको छ । युनेस्को (संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन) द्वारा ३४ वर्षअघि (सन् १९८७) ‘गे्रटवाल’ लाई विश्व सम्पदामा सूचीबद्ध गरिएको छ ।
चीनको ‘गे्रटवाल’ बाट प्रभावित नहुने बिरलै होलान् । त्यहाँ पुग्ने, नपुग्ने सबैका लागि कौतूहल जगाउने विशाल पर्खाल जो कोहीका निम्ति विलक्षण ठहरिनु स्वाभाविक हो । अन्तरिक्षबाट समेत दृश्यमान चिनियाँ विशाल पर्खालबाट गहिरो प्रभाव परेकै कारण हेलम्बुमा यतिखेर ‘नेपाली ग्रेटवाल’ को निर्माण कार्य धमाधम भइरहेको छ । हेलम्बु गाउँपालिकाको सक्रियतामा निर्माणाधीन विशाल पर्खालको कुल लम्बाइ ६० किलोमिटर रहेको छ । चीनको ‘गे्रटवाल’ जस्तै आकर्षणको केन्द्र बनाएर लाखौँ पर्यटक भिœयाउने सोच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाको छ ।
उहाँका अनुसार यो ‘गे्रटवाल’ ६०० मिटर जति बनिसक्यो । साबिक इचोक गाविसस्थित बुद्धमार्गबाट निर्माण कार्य अघि बढाइएको छ । पाकेडाँडा, ठाडेपाटी, घ्यो छाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमापाङ्ग्री, ज्योमोथाङ, मेर्माथाङ, नागिडाँडासम्म यो ‘गे्रटवाल’ बनाइनेछ । विश्वकै दोस्रो ‘गे्रटवाल’ का रूपमा कहलिने यो ‘गे्रटवाल’ को अनेक विशेषता छ । यहाँबाट हिमाली, विभिन्न धार्मिक स्थल तथा प्राकृतिक सौन्दर्यको पनि अवलोकन हुनेछ ।
पर्यटक आकर्षित गर्ने उद्देश्यले निर्माणाधीन ‘गे्रटवाल’ का सम्बन्धमा हाम्रो धर्मशास्त्रमै पनि उल्लेख रहेको पाइनु सुखद संयोग बनेको जनाउँदै अध्यक्ष लामाको भनाइ छ– हेलम्बु वरिपरि धर्मचक्र पर्खाल बनाउनू भन्ने छ । गुरु रिम्पोछे (पद्मसम्भव) द्वारा तपस्या गरिएको हेलम्बुको आफ्नै महìव छ । काठमाडौँलाई खानेपानी दिएजस्तै हेलम्बुले घुम्ने, रमाउने पदयात्रा मार्गका लागि ‘गे्रटवाल’ बनाइरहेको हो । झन्डै चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको यो निर्माणाधीन ‘गे्रटवाल’ मा स्थानीय तहबाहेक प्रदेश तथा सङ्घीय सरकारको पनि बजेट विनियोजन हुन थालेको छ । पर्याप्त बजेट जुट्ने हो भने ६० ठाउँबाट काम थाली एक वर्षभित्रै पूरा गर्न सकिन्छ । काठमाडौँबाट ‘माउन्टेन फ्लाइट’ मा जाँदा देखिने हिमालमध्ये ८० प्रतिशत हिमाल यहाँबाट हेर्न सकिन्छ । लाङटाङ, गोसाइँकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल पदमार्ग जोडिने ‘गे्रटवाल’ को चौडाइ साढे दुई मिटर र उचाइ ठाउँअनुसार फरक छन् । पाँच हजार मिटर उचाइसम्म ‘गे्रटवाल’ रहने भएकाले पनि यो आन्तरिक तथा बाह्य सबै पर्यटकका लागि मुख्य गन्तव्य बन्नेछ ।
तनहुँको बन्दीपुरमा पनि ‘गे्रटवाल’ निर्माण भइरहेको छ ।
‘मिनी गे्रटवाल’ नाम दिइएको यसलाई ‘मणिमुकुन्द सेन पर्खाल’ पनि भनिएको छ । कुल लम्बाइ ११ सय मिटर रहेको यस ‘गे्रटवाल’ को निर्माण कार्य बन्दीपुरस्थित थानीमाई मन्दिरबाट गत वर्ष थालिएको हो भने यसलाई मुकुन्देश्वरी डाँडासम्म पु¥याउने योजना छ ।
‘पहाडकी रानी’ बन्दीपुरमा ‘मिनी गे्रटवाल’ बनेपछि पर्यटकको घुइँचो लाग्ने विश्वास लिइएको छ । तीन मिटर फराकिलो रहने ‘गे्रटवाल’ मा घुडसवारीको व्यवस्था मिलाइनुका साथै मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य समेत छ । निर्माण कार्यमा जुटेको स्थानीय तहलाई सरकारले पनि रकम निकास गरेको छ ।
केही वर्षपूर्व लुम्बिनीमै पनि ‘गे्रटवाल’ बन्ने सुरसार देखिएको थियो । लुम्बिनी विकास कोषका तत्कालीन सदस्य सचिव अजितमान तामाङका अनुसार यस ‘गे्रटवाल’ को कुल लम्बाइ १४ किलोमिटर हो । झन्डै छ अर्ब रुपियाँ अनुमानित लागतको ‘गे्रटवाल’ निर्माणका लागि सरकारबाट स्वीकृति पनि प्राप्त भएको थियो । यहाँ ‘गे्रटवाल’ बनेमा देशी, विदेशीको आकर्षण झन् बढ्नेछ । ‘गे्रटवाल’ मा बुद्ध जीवनी, बौद्ध गुरु आदिका चित्र कुँद्ने र माथिल्लो तल्लाबाट अवलोकन गर्न मिल्ने अवधारणा लुम्बिनी विकासले राखेको थियो । २५ मिटर जति काम पनि भएको हो तर निर्माण कार्य अघि बढेको छैन ।
चीनको ‘गे्रटवाल’ (वान ली छांग छांग) बाट प्रभावित भई त्यस्तै खालको पर्खाल बनाउने सोचाइ अन्यत्र पनि रहेको वा निर्माणको काम अघि सारिएको हुनसक्छ । झट्ट सुन्दा जोसुकैलाई आफ्नो थलोमा ‘गे्रटवाल’ बन्नु नमिठो कुरो नलाग्ला, झन् पर्यटक ओइरिई नगदनारायण समेत बढ्ने पाटोले उत्साहित तुल्याउँछ नै तर जहाँसुकै ‘गे्रटवाल’ बनाइँदा यसको महìव ओझेलमा त पर्ने होइन ? गम्भीर मनन गर्नु उचित हुन्छ । यत्रतत्र बनिरहेका ‘भ्यू टावर’ ले जसरी यसको महìव धुमिल बनाइरहेका छन्, शङ्का लाग्छ कतै ‘गे्रटवाल’ को हालत पनि उस्तै हुने त होइन ? बेलैमा घैंटामा घाम लाग्नसके पुर्पुरामा हात लगाउनुपर्ने छैन ।
पर्यटन प्रबद्र्धनप्रति बढ्दो चाहना र स्थानीय तहको जुर्मुराहट सराहनीय पक्ष भएकामा विमति छैन तर यसलाई समन्वयात्मक रूपमा अघि बढाउने तारतम्यको खाँचो चाहिँ टड्कारिएको छ । आफ्नै मूल्य, मान्यता, जीवन दर्शन, पुराताìिवक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा विशेषमा केन्द्रित भएर पर्यटन प्रबद्र्धनका नव क्षितिज उघार्न सक्नुमै वर्तमान पुस्ताको खुबी झल्कनेछ । यसका लागि पर्यटन क्षेत्रसँग सम्बद्ध तमाम तप्का एकोन्मुखी हुनुपर्छ । सबैको सरसल्लाह र अहिलेको आवश्यकतालाई ध्यानमा राखी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बुन्नु र तदनुसार पाइला चाल्दै जानु सर्वथा श्रेयष्कर हुनेछ । महìवाकाङ्क्षी योजना हुनुहुँदैन भन्ने होइन, महìवाकाङ्क्षी योजना पूरा गर्न सामूहिक सङ्कल्प र अथक सक्रियता पनि उत्तिकै हुनुपर्छ ।
जहाँसम्म निर्माणाधीन ‘गे्रटवाल’ को सन्दर्भ छ, बढाइएका कदमलाई गुणस्तरयुक्त निर्माणसाथ लक्ष्यसम्म पु¥याउन अन्कनाउनु हुँदैन तर सबैतिर यही खालका संरचना निर्माण गर्दै जाने कि
नजाने ? बेलैमा सचेत हुनु सरोकारी तहको कर्तव्य बनेको छ । á
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?