सिमसार र पानी : जीवनका आधार
गोरखापत्र अनलाइन
माघ २०, २०७७ मंगलवार
सधैँ पानीले भिजिरहने घोल, सिम, दलदले, ढाब नामले चिनिने ओसिलो जमिनदेखि लिएर छ मिटर गहिराइसम्म पानीले ढाकेको क्षेत्रलाई सिमसार भनिन्छ । यता ठाउँ प्राकृतिक वा मानवनिर्मित, स्थायी वा अस्थायी जुनसुकै स्वरूपका पनि हुन सक्छन् । नेपालको करिब सात हजार पाँच सय वर्गकिलोमिटर अर्थात् करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । यसअन्तर्गत नदी, ताल, जलाशय, पोखरी र खेत पर्छन् ।