मानव स्वास्थ्यप्रति बढ्दो चिन्ता
गोरखापत्र अनलाइन
माघ ८, २०७८ शनिबार
कक्षामा स्वास्थ्य शिक्षाबारे बहस चलिरहँदा धेरै विद्यार्थीले सोध्ने गर्छन्, “तपाईंलगायत सबै शिक्षकले अल्कोहल, तम्बाखु, गाँजा आदि लागूपदार्थ हाम्रो शरीरका लागि हानिकारक हुन्छन् भनेर पढाउनुहुन्छ, त्यसो हो भने सरकारले यस्ता लागूपदार्थ बनाउने कारखाना किन बन्द गर्न सक्दैन ? विद्यार्थीलाई ‘स्मोकिङ इज ब्याड फर हेल्थ’ भनेर लेखिएका प्लेकार्ड बोकाएर -यालीमा लगिन्छ अनि हाम्रै परिवारका सदस्य, छरछिमेकले धूमपान गरिराखेको...