logo
२०८१ मंसिर ८ शनिवार



सुक्खा मौसममा पानी

विचार/दृष्टिकोण |




मञ्जु भट्ट

भनिन्छ, मान्छे खाना नखाएर बढीमा तीन हप्ता, पानी नपिएर तीन दिन र अक्सिजनबिना तीन मिनेट मात्रै बाँच्न सक्छ । मान्छेलाई बाँच्नका लागि नभइनहुने यी तीनवटै वस्तु हामीले वनजङ्गलबाट मात्र पाउँछौँ । मान्छे मात्र हैन, जनावरलाई पनि बाँच्नका लागि यी तीनवटा वस्तु अति आवश्यक छन् । पानीको मुख्य स्रोत हिमालयको हिउँ र वनजङ्गल नै हो । हाम्रो शरीर ६० प्रतिशत पानीले बनेको छ । अनुसन्धानले देखाएअनुसार मानव मुटु र मष्तिस्कलाई ७३ प्रतिशत, फोक्सोलाई ८३ प्रतिशत, छालालाई ६४ प्रतिशत, मांसपेसी तथा मिर्गाैलालाई ७९ प्रतिशत र हड्डीलाई समेत ३१ प्रतिशत पानीको आवश्यकता पर्छ । शरीरमा रहेका प्रत्येक कोषलाई काम गर्न पानी अति आवश्यक हुन्छ । कोषभित्र पाइने साइटोप्लाज्म र न्युक्लियसभित्र पाइने न्युक्लियोप्लाज्म पनि तरल पदार्थ नै हो । हाम्रो शरीरका जोर्र्नीमा भएको पानीले घुम्न, चल्न सजिलो बनाउने चिल्लो पदार्थ (ल्युब्रिक्यान्ट)को काम गर्छ । यसले बढी गर्मी भएको समयमा पसिनाका रूपमा बाहिर आएर शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्छ ।

साथै पानीले शरीरमा उत्पन्न हुने फोहोरलाई दिसा, पिसाबको माध्यमबाट सजिलै बाहिर निकाल्न सहयोग गर्छ । हाम्रो शरीरका लागि खानाभन्दा पानी बढी महìवपूर्ण छ । गर्मीको समयमा तातो सूर्यको घाममा पानीबिना धेरै बेर बस्न सकिँदैन । शरीरले पसिना तथा पिसाबको माध्यमबाट लगातार पानी निकास गरिरहेको हुन्छ । जाडोमा भन्दा गर्मीमा पसिना बढी आउने भएकाले गर्मीमा पानी पनि बढी खानुपर्छ ।

लगातार लामो समयसम्म पानी नखानाले टाउको दुख्ने सम्भावना धेरै हुन्छ । दिमागलाई आफ्नो काम गर्न बाधा पुग्छ । शरीरमा पानीको अभाव बढ्दै जानाले पानीको अभावले (डिहाइडे«सन) कोष मर्न थाल्छन् । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ । हामीले आफ्नो शरीरमा पानीको अभाव हुन नदिन प्रतिदिन आठ गिलास (दुई लिटर) पानी पिउनुपर्छ । शरीरलाई चाहिनेभन्दा धेरै बढी पानी पिउनु पनि स्वास्थ्यका लागि लाभदायक नहुने डाक्टरको भनाइ छ । चाहिनेभन्दा बढी पानी पिउनाले बढी भएको पानीलाई शरीरबाट बाहिर फाल्न मिर्गौलाले बढी काम गर्नुपर्ने हुन्छ । जसका कारण मिर्गाैलाको काम गर्ने क्षमतामा असर पर्न सक्ने डाक्टरको भनाइ छ । शरीरलाई चाहिनेभन्दा थोरै बढी पानी पिउनाले भने खानाको मात्रा घटाएर मोटोपन घटाउन मद्दत गर्छ । साथै खाना खानुभन्दा आधा घण्टा अगाडि पानी पिउनाले मोटोपन घटाउनुका साथै धेरै रोग लाग्नबाट जोगाउँछ ।

बच्चादेखि बूढासम्म, जनावरदेखि रुखबिरुवासम्म, पानीघट्टदेखि हाइड्रोपावरसम्म तथा सबैभन्दा सानो जीव अमिवादेखि ब्लुह्वेल माछासम्म पानी नभई कोही बाँच्न सक्दैन । पानीमा चल्ने यातायातका साधनदेखि लिएर माछापालन, पौडीजस्ता मनोरञ्जनात्मक खेल पानीले नै सम्भव भएका छन् । मानोदेखि मुरी फलाउने काम पनि पानीले नै गर्छ । ७१ प्रतिशत पानीले भरिएको पृथ्वीको मुख्य स्रोत भनेको आकाशको पानी नै हो र पानी पर्न सम्भव गराउने मुख्य वस्तु वनजङ्गल हो ।

यदि पानी पर्दैनथ्यो भने हिमालयमा पनि हिउँ हँुदैनथ्यो । रुखले जराबाट पानी सोसेर पातसम्म पु¥याउँछन् । बढी भएको पानी पातले वाफका रूपमा बाहिर फाल्दछ । जुन आकाशको धेरै माथि पुगेपछि चिसो भएर पुनः वर्षात्का रूपमा पृथ्वीमा नै खस्दछ । यसमा पनि जिम्नोस्र्पम समूहमा पर्ने सल्ला, देवदार, धूपीभन्दा पनि एन्जिओस्र्पमभित्र पर्ने आँप, स्याउ, ओखर, अम्बाजस्ता रुखले वर्षा गराउन बढी सहयोग गर्छन् । यसका साथै अहिले डरलाग्दो रूपमा अघि बढिरहेको खडेरी र विश्वव्यापी तापमान वृद्धिलाई सन्तुलनमा राख्न वनजङ्गलले महìवपूर्ण भूमिका निर्वाह गर्छ ।

वनजङ्गललाई वातावरणको फोक्सोका रूपमा लिइन्छ । औषधियुक्त जडीबुटीले भरिपूर्ण वनजङ्गलले जराको माध्यमबाट माटोलाई राम्रोसँग समाई त्यसमा भएको पानी सोसेर बाढीपहिरो जानबाट रोक्छ । जङ्गली जनावरको मुख्य वासस्थान रहेको जङ्गल पशुपालनको मुख्य स्रोत पनि हो । इन्धन, फर्निचर, घर बनाउनुका साथै जलचक्र सुचारु गर्न वनजङ्गल नभई हुँदैन । वनजङ्गलले पानीका मुहान सुक्नबाट जोगाउँछ । हामीले मासु खान प्रयोग गर्ने जनावरको मुख्य खाना नै घाँसपात र वनजङ्गल हो । पहाडमा पानीको समस्या पर्ने गरेको भए पनि अहिले चुरे दोहनले तराईमा पनि पानीको समस्या देखिन थालिसकेको छ । वनजङ्गल जोगाउन सकिएन भने वर्षौंपछि खानेपानीकै लागि विश्वमा युद्ध हुन सक्ने सम्भावना रहेको हालैको एउटा प्रतिवेदनले जनाएको छ ।

कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ मध्ये टेडी र पर्सिनिया ताल पूर्ण रूपमा सुकेका छन् भने ११ वटा तालमा पानीको सतह निकै कम रहेको पाइएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिम भएको मुलुक हो । यसकारण जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने वनजङ्गल जोगाउनु हाम्रो प्रमुख कर्तव्य हुन जान्छ । अहिले नै विभिन्न देशले आफ्ना जनताका लागि खानेपानी अपुग भएको महसुस गरिसकेका छन् । धेरै टाढा जानै पर्दैन । वैशाख, जेठको सुक्खायाममा धेरै ठाउँमा यो समस्या देखिन्छ । अरू बेला गाउँमा धाराको पानी आउने भए पनि सुक्खा लागेसँगै त्यो पनि बन्द हुन्छ । यस्तो पानीको समस्या धेरैजसो पहाडी जिल्लाका बासिन्दाले भोग्दै आएका छन् । बेलाबेलामा पानीकै लागि झगडासमेत हुने गर्छ ।

संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले गत वर्ष सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार विश्वमा ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको जनाएको छ । विश्वव्यापी प्रत्येक पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ । युनिसेफको पछिल्लो रिपोर्टअनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेको पाइएको छ । अमेरिकन रिभर वाटर एजुकेसन सेन्टर (एआरडब्लूईसी)का अनुसार पृथ्वीमा मानिसले पिउनलायक शुद्ध पानीको मात्रा जम्मा ०.३ प्रतिशत मात्र छ । यो पनि मानिसको सहज पहुँचमा छैन । बाँकीको पानी समुद्र, माटोभित्र, वायुमण्डल तथा ग्ल्यासियरका रूपमा रहेको छ । पृथ्वीमा रहेको जम्मा पानीको ९७ प्रतिशत समुद्रको पानी, बोटबिरुवाका लागि अनुपयुक्त, मानव जाति तथा जनावरका लागि पिउन अयोग्य छ ।

बढ्दो सहरीकरणरका साथै विकासका कामले खेतीयोग्य जमिन तथा वनजङ्गल मासेर घरघडेरी बनाउने होडबाजी चलिरहेको बेलामा वनजङ्गल जोगाउन चुनौती थपिएको छ । विसं २०२६ तिर नेपालमा जम्मा भूभागको ५३.५ प्रतिशत वनजङ्गलले ढाकिएको थियो । त्यसैले त्यतिबेला हरियो वन नेपालको धन भन्ने नारा प्रचलित थियो । अहिले हेर्ने हो भने जम्मा २९ प्रतिशत रुख र १० प्रतिशत मात्र झाडी बाँकी छन् । त्यो पनि धेरैजसो वनजङ्गल प्रयोग गर्ने युवा विदेश पलायन भएका छन् भने फर्निचरका विभिन्न सामान विदेशबाट आयात हुँदा जङ्गल जोगिन पुगेको हो । यदि देशभित्र चाहिने काठका सामग्री देशमै बन्ने हुन् भने जङ्गलको विनाश हुने निश्चित छ ।

देशका धेरैजसो गाउँ सहरीकरण हुँदै जाँदा सहरका ठाउँठाउँमा बगैँचा निर्माण, सडकको छेउछाउमा रुख, स्कुल, अस्पताल तथा ठूला भवनभित्र बगँैचा बनाउन जरुरी देखिन्छ । जसले गर्दा रुखले सहरमा उत्पन्न अनावश्यक ग्यास लिएर हामीलाई शुद्ध अक्सिजन दिनेछन् । साथै प्रत्येक घरमा पनि वरिपरि बगैँचा वा साना रुख हुनु आवश्यक छ । यो नियम सरकारले केही वर्ष अगाडि नै बनाए पनि कडाइका साथ लागू भएको देखिँदैन । जग्गा बाँझो राख्न नपाइने नियमले पनि केही मात्रामा वनजङ्गल जोगाउन मद्दत गर्ने देखिन्छ तर सरकारले अगाडि सारेको यो योजना कार्यान्वयनमा ल्याउन सकेको छैन । वनजङ्गलमा आगलागी हुनबाट स्थानीय तह जहिल्यै सतर्क रहनुपर्छ । जथाभावी जङ्गल फँडानी गर्न प्रतिबन्ध लगाइनुपर्छ । जङ्गल र पानी एकअर्काका परिपूरक हुन् । जङ्गल छैन भने पानी छैन र पानी छैन भने हाम्रो जिन्दगानी छैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?