स्थिरताबाटै विकास सम्भव
गोरखापत्र अनलाइन
माघ २५, २०७८ मंगलवार
नेपाल किन बनेन भन्ने बहस आज सतहमा आएको छ । देश नबन्नुका कारणका धेरै आयाम र पक्ष छन् । हो, नेपाल नबन्नुका पछाडि यहाँको सामाजिक, आर्थिक र राजनीतिक मनोविज्ञान मुख्य कारक बनेको छ । यसको जड दरिद्र मनोविज्ञान सोच र गरिबी हो । गरिबीले आम रूपमा प्रभाव राख्दछ भने द्ररिद्र मनोविज्ञानले नीतिनिर्माता एवं समाजका मुख्य अभिकर्ता राजनीतिक तह, कर्मचारीतन्त्र, विकासे अभियन्ता, व्यापारिक घराना, बुद्धिजीवी आदि सबैलाई जेलेको छ ।