logo
२०८१ मंसिर ८ शनिवार



सुविधाभोगको गलत प्रवृत्ति

विचार/दृष्टिकोण |




राजकुमार सिवाकोटी
नेपालमा राज्य दोहन र सुविधा लिनेको इतिहास कहालिलाग्दो छ । राणा शासनमा श्री ३ महाराजले असीमित शक्ति पाएपछि यो व्यापक भयो । २००७ सालमा प्रजातन्त्र आए पनि यसले छोडेन । पञ्चायतकालमा शक्ति केन्द्रले सुविधा लिन्थे । २०४६ र २०६२÷६३ को लोकतान्त्रिक परिवर्तनपछि यसले अझ बढी संस्थागत रूप लिँदै आयो । नेपालका राजनेताले राज्यको र निजी सम्पत्तिमा भिन्नता देखेनन् । राजनीति विज्ञानका हस्ती प्लेटो र एरिस्टोटलले राज्यका अगाडि व्यक्तिको महìव हुँदैन भन्थे । उनीहरूको विश्वास थियो, व्यक्तिले कुनै पनि स्वार्थबिना राज्य गर्छ । जनताको आदेशलाई पालना गर्छ । निष्ठासाथ आफूलाई राज्यसमक्ष समर्पित गर्छ । त्यो नै उसको वास्तविक जीवन हो र जीवनको सार्थकता पनि यसैमा छ तर आज यो सत्यको कसीमा नेपालका विशिष्ट पदाधिकारीको नियत परीक्षण गर्दा उत्तीर्ण हुने ठाउँ छैन । नेपालमा राज्य दोहनबाट सुविधा लिने शीर्ष नेता र विशिष्ट धेरै छन् । राज्यको वागडोर सम्हाल्ने नेता र विशिष्टहरूमा राज्य भनेको आफ्नै मात्र हो भन्ने मनोविज्ञान हावी छ ।

नेपाल राज्यमा नागरिकले तिरेको करमा सीमित व्यक्तिले भोगविलास गर्ने कार्य अनन्त छ । यो घृणित प्रयास लोकतान्त्रिक आदर्श, मूल्य, मान्यता र आचरणप्रतिको खरो प्रहार हो । सुविधा दिने र लिनको संयोगबीच स्वार्थ र पदको राजनीतिक मनोविज्ञान हावी छ । यो नेपालको दशकौँ लामो राजनीतिक इतिहासमा सत्ताको दाउपेचको पासा बनेर रहेको छ । राज्य र राजनीतिबाट यसले नागरिकलाई अलग गर्दै छ । भोगविलास र सम्पत्तिमाथिको एकाधिकारलाई अन्त्य गर्ने माक्र्सको द्वन्द्वात्मक भौतिकवादबाट दीक्षित भएकाहरूले राजकीय सुविधा प्रयोग गर्दै करोडाँैको औषध उपचार खर्च लिएका छन् । केपी शर्मा ओली र झलनाथ खनालले उपचारमा राज्यबाटै सहयोग लिनुभयो । यसमा तजबिजी अधिकारको प्रयोग भयो ।

हेगेलले राज्य भनेको ईश्वरको चाहना हो. व्यक्तिले राज्यप्रति सचेत भएर वा नभई आज्ञाकारी हुनु नै स्वतन्त्रता हो भन्नुभएको थियो । यसको विपक्षमा खरो रूपमा उभिएर केन्द्रीकृत पुँजी र पुँजीमाथिको एकल स्वामित्वको अन्त्य तथा सामूहिक स्वामित्वको प्रवद्र्धनका लागि माक्र्सले पुँजी साहित्यको रचना गर्नुभयो । त्यही रचनालाई आज अर्थ व्यवस्थापनको गीताका रूपमा लिइन्छ । संसारका धेरै मुलुकले आफूलाई माक्र्सवादी नभने पनि व्यवहारमा यसलाई प्रयोग गर्दै आएका छन् र प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, प्रधानन्यायाधीश हुँदैमा राज्यबाट आजीवन अकूत सम्पत्तिको दुरुपयोग गरेर सुविधा लिने विषयलाई ज्यान मार्नेभन्दा जघन्य अपराधको कोटीमा राखेर तिरस्कार गरेका छन् तर नेपालमा भने न्यायकर्ताको उत्तम नमुना बनेका वा संसद्भित्र सभामुखको राम्रो भूमिका निर्वाह गरेर उदाहरण बनेकाहरूले समेत सुविधालाई इन्कार गर्न सकेनन् ।

अरूको कथा त के नेपालमा सुविधा लिनेको सूचीमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि पर्नुभयो । राज्य भनेको वर्गीय चरित्रको हुन्छ र पुँजीवादले पनि शासन गर्दा सर्वसत्तावाद चलाएर आएको हुन्छ अनि समाजवादमा पनि आफ्नो लक्ष्य पूरा गर्न ‘सर्वहारा वर्गको तानासाही’ चल्दछ भनेर कार्लमाक्र्सले भन्नुभएको थियो । राज्यलाई साध्य, व्यक्तिलाई साधन मान्ने प्लेटोदेखि हेगेल हुँदै सबै माक्र्सवादी सर्वसत्तावादलाई विश्वास गर्छन् । त्यसैले हाम्रा माक्र्सका अनुयायीहरूले पनि सत्ता लम्ब्याउने र सर्वसत्तावादको अभिष्टलाई प्रकारान्तरमा वैतरणी तार्ने सपना देखेर यो सेवा सुविधाकोे पासा हिजो फ्याँके । किनभने यहाँ व्यक्तिको स्वतन्त्रता राज्यमा निहित हुन्छ र राज्यको स्वतन्त्रता, स्वार्थ, लक्ष्य नै व्यक्तिको स्वतन्त्रता, स्वार्थ र लक्ष्य हो । यसलाई छुट्याउन मिल्दैन, व्यक्तिको स्वार्थले राज्य र नागरिकमाथि भार थप्नु भनेको स्वयंमा नागरिक र राज्यकै अपमान र विनाशतर्फको कदम हो भन्ने आदर्शलाई आज निमोठिएको छ । सर्वहारा वर्गको उत्थानमा विश्वास गर्ने वामपन्थीजन, सरकार हाँक्ने वर्ग वा प्रमुख राजनीतिक दलहरू नै भोगविलासको द्योतक भएको व्यवहारतः देखिँदै छ । सेवा सुविधा दिने र लिने सिलसिला हेर्द द इमेरल्ड ट्याब्लेटले ईशापूर्व तीन हजार वर्षपहिले भनेको एक सुक्ति ‘जस्तो माथि त्यस्तै तल, जस्तो भित्र त्यस्तै बाहिर’ हाम्रा राजनीतिक दलका नेता र कार्यकर्ताको चरित्र विम्ब सत्य हो ।

वास्तवमा सुविधा दिने कुचेष्टा र एकदलीय तानासाही व्यवस्थाबीच कुनै ताìिवक भिन्नता छैन । नागरिकको गाँस काटेर भोकानाङ्गालाई आँखाकै अगाडि मृत्युको मुखमा धकेलेर सुविधा भोग गर्नेहरू नाजी र फासिष्टपनलाई बिर्साउने पात्र हुन् । यज्ञवल्क्यले आजभन्दा तीन हजार वर्षअगाडि नै फोकटमा अर्काको नखानु भन्ने सुक्तिले पूर्वीय समाजलाई दीक्षित गर्नुभएको थियो । आम मान्यता फोकटमा अर्काको खायो भने मोक्षको बाटो रोकिन्छ र त्यसको मूल्य यमराजले ठूला कराईमा उमालेको तेलमा चोबलेर चुकाउँछन् भन्ने विश्वास अहिले पनि जीवितै छ । सुविधा लिने प्रकरणमा जोडिएका कथित सबै विशिष्टलाई यी आदर्शले कुनै प्रभाव पारेको छैन भन्ने अहिलेको व्यवहारले देखाउँदै छ ।

नेपाली नागरिकको जनजीविका र आर्थिक प्रगतिको मुद्दामा एक हुन नसक्ने लोभीपापी मानसिकताका राजनेताहरू आफ्नो स्वार्थका लागि रातारात मुख मिलाउँछन् । सुविधाभोगी सम्झौताको परिणाम राजनीतिक निर्णय गरेर नेपाली नानीको मुखको जीवनजल र सिटामोल खोस्छन् । यो बहादुरीप्रति हामीले जति खेद प्रकट गरे पनि पर्याप्त हँुदैन । दुर्भाग्य, हाम्रा राजनेताहरूका लागि राज्य र व्यक्तिको सम्बन्ध नैतिक प्राणीको अवधारणा सङ्गत रहेन । नागरिक र राज्यका अगाडि कुनै विशिष्ट व्यक्ति वा पूर्वप्रधानमन्त्रीले औषध उपचारको र अन्य सुविधा पाउनु महापाप हो । यहाँ त स्वार्थ र सुविधा भोग गर्ने सवालमा सबैको गठबन्धन बलियो बन्छ ।

दरिद्रता र कर्कलाको पातको पानीको फोकाझैँ ढिल्मिलाइरहेको हाम्रो यथार्थ धरातलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रकोे अवधारणीकरणतर्फ फर्कन यो आलोक विवश भएको छ । ग्रिक दार्शनिक पेरीकल्सले लोकतन्त्रको व्याख्या गदै भनेका थिए, “हाम्रो संविधानलाई लोकतन्त्र भनिन्छ किनभने शक्ति थोरैको हातमा नभई बहुसङ्ख्यकको हातमा रहन्छ” र लोकतन्त्रका विशेषताहरूमा–‘जनताको सहभागिता’, ‘कानुनको अगाडि सबै समान’, ‘सबै दृष्टिकोणलाई सम्मान गर्ने बहुलवाद’ र ‘व्यक्तिको व्यक्तित्वको प्राप्ति र अभिव्यक्ति परिवेशलाई सम्मान गर्ने व्यक्तिवाद’ हो भने । यस्ता उपदेशको महìव हाम्रा राजनेताका लागि दन्त्य कथा जति पनि छैन । दुर्भाग्य, यो देशमा प्रक्रिया र प्रणालीको सुरुवात गराउने महापुरुष यो शताब्दीका नागरिकले नदेख्ने भए । लोकतन्त्रका मुख्य अभिकर्ता राजनीतिक दलका नेताहरू नै असक्षम र नैतिकहीन भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको भविष्य र नेपाली नागरिकको आर्थिक प्रगतिको सपना कसरी सार्थक हुन्छ ? अविछिन्न बहसको विषय बनेको छ ।

पेरीकल्सको कथनलाई आजको गौरवमय विजयको गाथासँग तुलना गरेर हेर्छु, फेद र टुप्पो न त आशय कुनै केही पनि मिल्दैन । भीरको चिचिण्डो उँधो न उँभोको स्थितिमा पु-याउने हाम्रा नेतालाई आजीवन सत्यको अनुभूति हुन नसक्ने यस परिस्थितिमा नेपाली समाजले मूलधारको राजनीतिको विकल्प खोज्न नसक्दा अझै हाम्रो भविष्य अन्धकारमा नै गुज्रने निश्चित छ । नेपालको लोकतान्त्रिक इतिहासमा यस क्षम्य गर्न नसकिने परिदृश्यलाई अन्त्य गर्न आम नागरिक एक हुनैपर्छ । नागरिक तहबाट राजनीतिक सस्कारको स्थापना, नैतिकवान र दूरदृष्टि राख्ने राजनीतिक नेताको खोजी र नेपालीको जीवनस्तर उकास्न सशक्त अभियान सञ्चालन गर्नु अहिलेको समयको माग हो । नागरिक देशप्रतिको ठूलो उत्तरदायित्व र जवाफदेहिताले मात्र मुलुकले गति लिन्छ । जय हुनुपर्छ सबै नेपालीको । राजनीतिक विकल्पको अभियान सुरु गरौँ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?