अलैँचीको भाउ नपाउँदा किसान निराश
रासस
कार्तिक २१, २०७६ बिहीबार
चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ ।