पेट्रोलियम अन्वेषणसँगै खुल्यो रोजगारी, स्थानीय दङ्ग
गोरखापत्र अनलाइन ,
कार्तिक १९, २०७६ मंगलवार
पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभिस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ प्राविधिक टोलीले अन्वेषणको काम सुरु गरेसँगै स्थानीय स्तरमा रोजगारी खुलेको छ ।
दैलेखको डुँगेश्वर गाउँपालिका वडा १ को चुप्रामा अन्वेषण र उत्खननको समय अवधिभर बस्नका लागि सर्भे बेस क्याम्प निर्माण पश्चात् विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको छ । अन्वेषणका लागि कामदार ५० जना, ड्रिलर १० जना, सुटर पाँच जना, ट्राबल...