पहिलेको ढुङ्गे उत्तिस घारी, अहिले हराभरा किवी बारी
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
बारीभरि ढुङ्गाघारी मात्र थियो । केही उत्तिसका बिरुवा थिए । अलैँची केही वर्षसम्म खेती भए पनि रोगले सबै सखाप भयो । ओसिलो बारीमा अरु खेती केही पनि फस्टाएन । धेरै बारी त्यतिकै खेर गएको थियो । इलामको सन्दकपुर गाउपालिका-२ माईमजुवाका तेजबहादुर गुरुङको बारीमा केही वर्ष अघिसम्म यस्तै थियो ।
अहिले त्यो ढुङ्गाघारी नै हराभरा भएको छ । दश रोपनी घरबारीमा किवी खेतीबाट राम्रो आम्दानी गर्न थालेको गुरुङले बताउनुभयो । केही क्षेत्रमा...