सकिन लाग्यो मार्सी रोपाइँ
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
बन्दाबन्दीकै बीच जुम्लामा करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको सिञ्जा, पाँच सय, चौध बीस र असी दराको रोपाइँ हुने क्षेत्रमा कालीमार्सीसहित विभिन्न धानको रोपाइँ भएको छ ।
कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार ७५० हेक्टर जमिनमा धान रोपिएको अनुमान छ । यसैगरी एक हजार तीन सय हेक्टरमा कालीमार्सी रोपिने गरेको उहाँले जानकारी दिनुभयो ।