'कोरोना कोष' मा २ अर्ब ११ करोड बढी रकम जम्मा
रासस
बैशाख १०, २०७७ बुधबार
कोषमा २ अर्ब ११ करोड
कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको छ ।
मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको...