logo
२०८१ जेष्ठ ४ शुक्रवार

पवित्र तीर्थस्थल गलेश्वरधाममा बालाचतुर्दशीकाे मेलाकाे राैनक

फिचर |
खुला |
समाज |
फोटो फिचर |


2020-12-13-28250


अमृतप्रसाद पौडेल
बेनी, मंसिर २८ गते । बालाचतुर्दशी चिसो समयमा हुने चाड । यही चाडको मेसो पारेर नाङ्लो तथा मादल विक्री गर्ने आशबहादुर मगरको योजनालाई यस वर्षको बालाचतुर्दशीले चित्त बुझ्दो तबरले पूरा गरेन । तनहुँको आबुँखैरेनी गाउँपालिका–२ छिम्केश्वरीका मगर तीन दिन पहिलादेखि म्याग्दीको पवित्र तीर्थश्थल गलेश्वरधाममा ब्यापारका लागि आउनुभएको भए पनि कोरोनाको कारणले गर्दा गलेश्वर मन्दीमार भक्तजनहरुको आगमन कम हुँदा ब्यापार भने सोचेजस्तो हुन सकेन ।
घरपरिवार चलाउनका लागि व्यापार गर्नैपर्ने बाध्यता । चिसोबाट जोगिनका लागि टाउकोमा ऊनीको टोपीले टाउकोलाई तताउने प्रयास गरेको भए पनि मन भने ब्यापार नहुने चिन्ताले चिसो भएको छ । शरिरमा पनि बाक्लो लुगा, उमेरले ७३ पुगिसक्यो । उमेर सँगै कपाल र दाह्री सेतै फुलिसक्यो । व्यापारको रहर भने अझै छ । छिम्केश्वरीको लेकबाट नाङ्लो र मादल बोकेर उहाँ श्रीमतीसहित गलेश्वर आउनुभएको थियो । हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी पर्वको अवसरमा गलेश्वर क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।
कोरोनाका कारण गलेश्वरमा मेला नलागे पनि न्यून संख्यामा भक्तजनहरु गलेश्वर शिवालयको दर्शन तथा शतबीज छर्न आएका छन् । बालाचतुर्दशीमा म्याग्दीको गलेश्वरमा लाग्ने मेलामा व्यापार गर्ने उद्देश्यले आउनुभएका आशबहादुरले यसपटक भने कोरोनाका कारण भनेजस्तो व्यापार गर्न पाउनुभएन । कोरोनाकै कारण गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको संख्यामा कमी आएको हुँदा उहाँको व्यापार घटेको छ ।
बुढेसकालमा व्यापार गर्ने रहरले नाङ्लो र मादल बोकेर आउनुभएका आशबहादुर व्यापार नहुँदा चिन्तामा हुनुहुन्छ । ‘पैंतीस सय गाडीभाडा तिरेर बुढाबुढीले नाङ्लो, चाल्नो र मादल ल्याएर गलेश्वर आइयो’ आशबहादुरले भन्नुभयो, ‘तर यहाँ आउँदा विगतमा जस्तो सोचेको व्यापार हुन सकेन ।’ ‘तीन दिनसम्म जम्माजम्मी १०÷१२ वटा नाङ्लो मात्रै बिकेका छन् ।