logo
२०८० चैत्र १६ शुक्रवार

ताप्लेजुङमा मौसम खुलेपछि देखिएको दृश्य (फोटो फिचर)

फिचर |
खुला |
फोटो फिचर |
प्रदेश |


2021-12-30-54200
बिहीबार विहान सामान्य मौसम खुलेसँगै सदरमुकाम फुङ्लिङबाट कैद गरिएको तस्बिरहरु । तस्बिर - चन्द्र पन्दाक



चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १५ गते । ताप्लेजुङमा दुई दिनसम्मको निरन्तर वर्षा र हिमपातपछि बिहीबार विहान सामान्य मौसम खुलेको छ । विहान सबेरै मौसम खुले पनि १० बजेपछिबाट भने पुनः मौसम धुम्मिएको छ ।
मौसम धुम्मिएसँगै वर्षाको सम्भावना बढ्दै गएको स्थानीयले अनुमान गरेका छन् भने उच्च हिमाली क्षेत्रमा थप हिमपातको सम्भावना बढेको छ । अहिले उच्च हिमाली क्षेत्र भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोला, याङ्मा, घुन्सा, फले लगायतमा दुई फिटभन्दा बढी हिउँ परेको स्थानीयले बताएका छन् ।
त्यस्तै, प्रसिद्ध तीर्थस्थल पाथीभरामा झण्डै तीन फिटसम्म हिउँ परेको छ । यता, फुङ्लिङ बजार नजिक सुकेटार क्षेत्रसम्म नै बुधबार बाक्लो हिउँ परेको छ । हिमपातका कारण जिल्लामा चिसो भने निक्कै बढेको छ । बिहीबार विहानको न्यूनतम  तापक्रम २.६ डिग्री सेलसियस मापन गरिएको थियो भने १६.६ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।