नेप्सेमा नयाँ इतिहास, बजार पूँजीकरण ३९ खर्ब १३ अर्ब
रासस
जेष्ठ ९, २०७८ आईतवार
कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो ।
साताको पहिलो दिन आज नेप्से ३२.८१ अङ्कले वृद्धि भई दुई हजार ८२० मा...