घर जाने कुराकाे याद पनि हुँदैन, कहिले त अस्पतालमै सुतिन्छ
रासस
जेष्ठ ८, २०७८ शनिबार
शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन् ।
“पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै...